दफा १०
उपसमिति वा कार्यटोली गठन गर्न सक्ने

१०. उपसमिति वा कार्यटोली गठन गर्न सक्ने ः

(१) समितिले यो आदेश र यस आदेश अन्तर्गत बनेको नियम बमोजिम आफूले गर्नु पर्ने काम गर्न, गराउनको निमित्त आवश्यकता अनुसार
उपसमिति वा कार्यटोली गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठन हुने उपसमिति वा कार्य टोलीको काम, कर्तव्य र अधिकार तथा कार्यविधि समितिले तोके बमोजिम हुनेछ ।